यसरी मुख धोए अनुहार बिग्रँदैन

हामी सबैले बिहान उठ्ने बित्तिकै गर्ने पहिलो काममा मुख धुनु पनि पर्दछ । अनुहार नै मानिसको पहिलो परिचय भएकाले सफा अनुहार बनाउन चाहन्छन् । अनुहार शरीरको संवेदनशील भाग भएकाले पनि यसलाई दैनिक सफा गर्नुपर्छ । तर कहिलेकाहीँ थोरै असावधानीका कारण अनुहारमा हानी पुग्न सक्छ । त्यस्तोमा राम्रो, मुलायम र सफा अनुहार बनाउन मुख धुने बेलामा ख्याल गर्नुपर्ने कुराहरू निम्न छन् ।

– अनुहार धुँदा तातोपानीले नधुने । धुनै परे हल्का मनतातो पानीले मात्र धुने ।

– अनुहार धोएपछि नरम र सफा कपडाले मुख पुछ्ने ।

– अनुहारको छाला नरम हुने भएकाले मुख पुछ्दा धेरै नरगड्ने ।

– अनुहारमा हानी नहोस् भन्न क्लिनरको प्रयोग नगर्ने ।

– अनुहार धुँदा हतार हतारमा मसाज र सफा नगर्ने ।

– साबुन पानी वा फेसवासले मुख धुँदा धेरै नघोट्ने ।

– अनुहार सफा गरेपछि मोइस्चाराइजिङ क्रिम लगाउने ।

– अनुहारमा लगाउने क्रिम छालाको प्रकृति अनुसार मिल्ने हुनुपर्छ ।

तपाईको प्रतिक्रिया