बेलायतमा नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित

एजेन्सी ।  बेलायतमा मंगलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहाँको मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका थिए । हालसम्म बेलायतमा ओमिक्रोनका ४३७ जना सङ्क्रमित भेटिएका प्रधानमन्त्री जोन्सनले जानकारी पनि दिएका थिए । उनले बेलायतका स्वास्थ्य अधिकारीहरूले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताएका थिए ।

हालै अफ्रिकामा देखिएर विश्वका अरू देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिनमात्र अघि देखिएको थियो । प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टाभन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया