कांग्रेस महाधिवेशन

संस्थापनइतर समूहबाट शेखर कोइराला सभापति, गगन महामन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अब संस्थापनइतर समूहबाट डा. शेखर कोइराला उम्मेदवार बन्ने भएका छन् ।

यद्यपि रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन कसले पाउने भन्ने खुलेको छैन । तर प्रकाशमानका कारण संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसकेको भन्दै शेखरलाई समर्थन गर्न पौडेलनिकट नेताहरुको दबाब छ ।

शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन् । त्यस्तै अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मासँग कुरा भइरहेको स्रोतले जनाएको छ । संस्थापन पक्षका शर्मालाई शेखरले महामन्त्री उम्मेदवार बनाउन लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया