धुलियाविट-भेडावारी सडक कालोपत्र गर्न एक अर्ब तीन करोडकाे सम्झाैता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अलपत्र रहेको मदनभण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट भेडाबारी सडक खण्डको स्तरोन्नति कार्य ट्रयाक खोलेको दश बर्षपछि पुरा हुने भएको छ । लामो समय पश्चात यो सडक बन्द र अलपत्र समेत परेको थियो । गौरवशाली योजना अलपत्र पर्दा सास्ती खेप्न बाध्य भएका लेकवेशी, वीरेन्द्रनगर र गुर्भाकोटका जनता भने अहिले निकै खुसि भएका छन् ।

उक्त राजमार्ग सडक कालिका (केएस) बेदान्सी जेभीले कालोपत्रे गर्ने जिम्मा पाएको छ । ट्रयाक खुलेको झन्डै ४२ वर्षपछि मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको (धुलियाविट भेडाबारी) सडक स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको हो । वैशाखमा १ अर्ब ५१ करोड रुपैयाँमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो । राजमार्ग आयोजना निर्देशनालयले सडक स्तरोन्नतिका लागि कालिका (केएस) जेभीले कालोपत्र १ अर्ब ३ करोड रुपैयाँमा सम्झौता गरेको हो ।

३५ किलोमिटर लामो (धुलियाबिट भेडाबारी) खण्ड करिब ४ मिटर मात्रै चौडाई छ । ९ मिटर रहने गरी सडक स्तरोन्नति गर्दा ७ मिटर चौडाई बराबर कालोपत्र गरिने भएको छ  । यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिका (११ र १३, लेकबेंसी नगरपालिका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिका( १०, ११, १२, १३ र १४ वासी प्रत्यक्ष प्रभावित हुनेछन् । कच्ची सडकका कारण नै उक्त सडक खण्डमा पटक पटक सवारी दुर्घटना भएका छन् । स्तरोन्नति नहुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया