भारतमा कोरोनाको ठूलो लहर आउन सक्ने

काठमाडौं। कोरोनाको ओमिक्रोन भेरियन्टको तीव्र फैलावटका कारण भारतमा महामारीको तेस्रो लहर देखिएको छ। पछिल्ला दिनमा संक्रमितको संख्या दुगुनाले बढेका कारण कतिपय सहरमा कर्फ्युसमेत लगाइएको छ। ‘भारत कोरोना महामारीको तेस्रो लहरमा छ, यो ओमिक्रोनका कारण भएको हो,’ कोभिड–१९ वर्किङ ग्रुपका अध्यक्ष डा. एनके अरोराले बताए। पछिल्लो साताको तीव्र फैलावट यसको प्रमाण रहेको उनले बताए।

उनले नयाँ संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी ओमिक्रोनका भएको र यसको संक्रमण सहरी क्षेत्रमा बढइी देखिएको बताए। दिल्लीमा आनुवंशिक सिक्वेन्सिङ गरिएका कुल नमुनामध्ये ८४ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको छ। भारतका प्रमुख सहर मुम्बई र दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या बढ्दो छ। मुम्बईका मेयर किशोर पेडनेकारले कोभिड–१९ को सुनामीका लागि तयारी भइरहेको बताए।

दिल्लीका अस्पतालका ४० प्रतिशत शड्ढया कोभिड–१९ का बिरामीका लागि छुट्ट्याइएको छ। दिल्ली सरकारले शनिबार र आइतबार कफ्र्यु लगाउने घोषणा गरेको छ। एक दिनअघि चुनावी सभालाई सम्बोधन गरेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोरोना संक्रमण भएको छ। भारतको पन्जाब र बिहार राज्यमा पनि रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ। विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भारतमा संक्रमणको ठूलो लहर आउन सक्ने र दुई साताभित्रमा धेरै कुरा प्रस्ट हुने बताएकी छन्।

तपाईको प्रतिक्रिया