एमाले सुर्खेतकाे अध्यक्षमा अमृत विसीकाे प्यानल विजयी

सुर्खेत । नेकपा एमाले सुर्खेतकाे अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व छनाेट गर्न नसकेपछि निर्वाचनबाट टुंगाे लगाइएकाे हाे । निवर्तमान एमाले सुर्खेत उपाध्यक्ष रहेका विसीले ३६८ मत ल्याएर विजयी भएका हुन् ।

विसीका प्रत्याशी डण्डिप्रसाद शर्माले २६७ मत ल्याएर पराजित भएका छन् । यस्तै उपाध्यक्षमा पनि विसी प्यानलकै कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वि ऋषि गिरीले २२६ मत ल्याएर पराजित भए ।

यस्तै सचिवमा कविन्द्रकुमार केसीले ३९० मत ल्याएर विजयी भएका छन् । रेशम राना २३३ मात्रै प्राप्त गरे । दुइ पद रहेकाे उप-सचिवमा घनश्याम पाण्डेले ३९१ र बलबहादुर नेपालीले ३६९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वि टिकाराम सुवेदी २०९ र नेत्रलाल महताराले २०८ मत ल्याएर पराजित भएका छन् ।

तपाईको प्रतिक्रिया