‘झ्याल-ढोका थुनेर कोइला, हिटर र गिजरको प्रयोग नगरौं’

चिसोमा कोइला, ग्यास, गिजर र हिटरको प्रयोग बढी हुन्छ । यस्ता वस्तुको प्रयोगबाट पछिल्लो समय मानिसको मृत्यु नै भएका घटना बढ्न थालेका छन् । न्यानोका लागि प्रयोग गरिने यस्ता वस्तुको प्रयोगबाट किन मानिसको मृत्यु हुन्छ ? प्रस्तुत छ, यस विषयमा प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डाक्टर केएन पौडेलसँग हामीले गरेको कुराकानीको शारांस:

कोठामा कोइला बालेर सुत्दा मानिसको मृत्यु किन हुन्छ ?

मुख्य कारण त अक्सिजनको अभाव नै हो । सामान्य अवस्थामा भन्दा कोइला बालेको बेला हाम्रो शरिरलाई बढी अक्सिजन चाहिन्छ । कोइला बाल्दा निस्कने कार्बन मोमोअक्साइडले शरिरमा अक्सिजनको मात्रालाई घटाउँछ। पर्याप्त अक्सिजन नभएपछि यो ग्याँस रक्तकोषको हेमोग्लोविनमा टाँसिएर कार्बोअक्सी हेमोग्लोविन बन्छ । त्यसपछि तुरुन्तै रगत र तन्तुमा अक्सिजनको मात्रा कमी हुन्छ। मुटुमा अक्सिजनयुक्त रगत पुग्दैन । कार्बन मोनोअक्साइड हेमोग्लोविनसँग मिसिएपछि त्यो ठाउँमा फेरि अक्सिजन पुग्न गाह्रो हुन्छ । अनि अक्सिजन नै नपाएर पाँचदेखि १० मिनेटमभित्र मानिसको मृत्यु हुन्छ ।

हिटर र गिजरको प्रयोग पनि जोखिमपूर्ण हो ?

हिटर र गिजर मात्र होइन । कोठा न्यानो बनाउन प्रयोग गरिने सबै वस्तुबाट कार्बन मोनोअक्साइड निस्किन्छ । त्यो ग्यासले कोठाभित्र अक्सिजनको मात्रा घटाउँछ । कार्वन मोनोअक्साइड शरिरमा फैलिएपछि मानिसका कोष र तन्तु निष्क्रिय हुन्छन् । मस्तिष्कले पनि काम गर्न छोड्छ । मुटु पनि अचेत हुन्छ । समयमै उपचार नपाए मानिसको मृत्यु हुन्छ । यहीकारण कोठाका झ्यालढोका बन्द गरेर ग्यास, हिटर, गिजर र कोइलाको प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ ।

यस्तो बेलामा कस्ता लक्षण देखिन्छन ?

अक्सिजनको लेभल कम भएपछि अप्ठेरो महसुश हुन्छ । निदाएको बेलामा त शरिर नै चलेको हुँदैन । झुम्म भएको महशुस हुन्छ । सास फेर्ने कठिन हुन्छ । हातखुट्टा झम्झमाउन थाल्छन् । अल्छीपन देखिन्छ । तर पनि व्यक्तिले केही गर्न सक्दैन । अचेत जस्तै हुन्छ । केही समयमै मृत्युको मुखमा पुग्छ ।

व्यक्ति वेहोस अवस्थामै भेटिए उपचार सम्भव हुन्छ ?

वेहोस् अवस्थामा भेटिएका व्यक्तिमा कार्वनडाईअक्साइडको असर कति छ भन्नेमा भरपर्छ । यदि भर्खरै वेहोस भएको हो भने तुरुन्त कोठाका भ् यालढोका खोलेर पर्याप्त अक्सिजन दिन सकियो भने बचाउन सकिन्छ । यसका लागि विरामीका आफन्तलाई अक्सिजन दिनुपर्छ भन्ने जानकारी हुनुपर्दछ । नत्र उपचार सम्भव हुँदैन ।

यस्ता घटनाबाट कसरी जोगिने ?

कोठा बन्द गरेर ग्यास, गिजर, हिटर -र कोइला जस्ता बस्तु बबाल्ने । बाल्नैपर्ने अवस्थामा झ्याल र ढोका खुला राख्ने । सकभर रातीमा यस्ता वस्तुको प्रयोग नै नगर्ने । दिउँसोमा पनि झ्यालढोका बन्द गरेर नसुन्ते । विकल्पमा न्यानो कपडा प्रयोग गर्ने । चिसो हुँदैमा स्वास्थ्य अवस्था खत्तम भइहाल्छ भन्ने भ्रम त्याग्ने ।

तपाईको प्रतिक्रिया