रेष्टुरेन्टको क्याविनमा लागू औषध कारोबार गर्ने पक्राउ

सुर्खेत । वीरेन्द्रनगरकाे एक हाेटलमा बसेर लागू औषध काराेबार गरिरहेकाे अवस्थामा प्रहरीले चार जनालाइ पक्राउ गरेकाे छ । वीरेन्द्रनगर नगरपालिका- ६ स्थित कुईन्स रेष्टुरेन्टको क्याबिनमा लागू औषध कारोबार भई रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले चार जनालाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा वीरेन्द्ननगर-१२ का ३० वर्षीय भुगोल गुरुङ, साेही ठाउँका २२ वर्षीय बिप्लब सुबेदी, वीरेन्द्रनगर-१० बस्ने १८ वर्षीय युनिस नेपाली र वीरेन्द्रनगर-३ बस्ने १९ वर्षीय पुजा कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम्  नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

उनीहरूलाइ कर्णाली प्रदेश प्रहरी कार्यालय लागू औषध ब्युरोबाट र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले चेकजाँच  गर्ने क्रममा लागु औषध (ब्राउन सुगर ) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेकाे उनकाे भनाइ छ । उनकाअनुसार उनीहरूकाे साथबाट प्रहरीले प्लाष्टिकसहित एकसय मिलि ग्राम र  नाप तौल गर्दा शुद्ध ४० मिलि ग्राम  लागू औषध (ब्राउन सुगर ) जस्तो देखिने खैरो धुलो पदार्थ  फेला पारेकाे छ । पक्राउ परेकालाइ हिरासतमा राखेर थप अनुसन्धानकाे सुरू गरिएकाे प्रहरीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया