यस्तो छ आज देशभरको मौसम

काठमाडौं। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुने छ। राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया