विवादित गीतमा आफ्नो नाम राखेपछि अञ्जु पन्तले भनिन्, ‘गल्ती हुन्छ सच्चियो’

काठमाडाैं । ‘न बिर्सें तिमीलाई, नपाए तिमिलाई’ गीतको नयाँ भर्सनमा आफ्नो नाम राखिएपछि गायिका अञ्जु पन्तले गीतकार विपिन किरण लगायत टिमलाई धन्यवाद दिएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै मानिसबाट जान अन्जानमा कहिले काँही भुल हुने र यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने समेत बताएकी छन् ।

‘विपिन भाइसँगको कुराकानीपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरजिनल गायक गायिकाको नाम र गीतको लिङक समेत राख्नु भएको छ । यो तपाइको कदम प्रशंसनिय छ’ अञ्जुले अगाडि भनेकी छिन् ‘भविश्यमा हामी सबै मिलेर नेपाली गीतसंगीतको उन्नतिको लागि हातेमालो गर्नुपर्छ र गर्नेर्छौ ।’

गीतकार विपिनले गीतलाई रचना रिमालको स्वरमा रिरेकर्डिङ गरेर सार्वजनिक गरेपछि विवादमा तानिएको थियो । अञ्जुले रिरेकर्डिङ गीतमा स्वर दिने गायिका रचना रिमाललाई भने माया र आर्शिवाद दिएकी छन् ।

गीतको बिषयमा विवाद उत्पन्न भएपछि गायिका अञ्जु पन्तले फेसबुकमा स्टाटस लेख्दै दुखेसो समेत गरेकी थिइन् । उनले गरेको दुखेसोको जवाफमा श्रष्टा सुवास रेग्मीले जिन्दगी भर श्रस्टाको सम्पति माथि बुर्कुसी मार्न पाइन्न भनेर रोइलो गर्नै पर्दैन, कुरो बुझ्नु भयो भन्दै अञ्जुले गरेको गल्तीसमेत उल्लेख गरेर एक स्टाटस पोष्ट गरेका थिए ।

सुवासको पोष्टपछि गीतको विषयमा विवाद लम्बिने देखेर विपिनले रिरेकर्डिङ भर्सनमा ओरजिनल गायक गायिकाको नाम राखेर विवाद यहि टुङ्ग्याउने कोसिस गरेका हुन् ।

तपाईको प्रतिक्रिया