बलात्कारकाे आराेप लागेका एमाले सांसद बानियाँलाई पक्राउ गर्न पूर्जी जारी

नेपालगञ्ज ।  बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो ।

जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख छ । जाहेरी लगत्तै अनुसन्धान थालेको प्रहरीले बानियाँविरुद्ध पक्राउ पुर्जी लिएको हो पक्राउ पुर्जी लिएलगत्तै अब बानियाँको खोजी सुरु गरेको बाँके प्रहरीले बताएको छ ।

सूचना अधिकारीसमेत रहेका डिएसपी न्यौपानेका अनुसार प्रहरीमा जाहेरी परेलगत्तै सांसद बानियाँले सम्पर्क गरी आफ्नो कुनै गल्ती नभएको र अनुसन्धानलाई सघाउने बताएका थिए । यद्यपि उनी प्रहरी कार्यालयमा भने नआएको प्रहरीको भनाइ छ ।

पक्राउ पूर्जी जारी भइसकेपछि भने बानियाँसँग सम्पर्क भएको छैन । बानियाँ रहेको स्थानको प्रहरीसँग समन्वय गरी बानियाँलाई बाँके ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बानियाँलाई अनुसन्धानको दायरामा ल्याएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने पनि प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया