आगाे ताप्ने क्रममा शरिरमा सल्कीदा मृत्यु

जुम्ला । जुम्लामा आगाे ताप्ने क्रममा शरिरमा सल्कीदा एक जनाकाे मृत्यु भएकाे ५ । बिहीबार साँझ तातोपानी गाउपालिका-४ गिरीखोलामा आगाे ताप्ने क्रममा सक्लिदा गम्भीर घाइते २६ को गोबिन्द रोकायकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । 

घरदेखी अन्दाजी दुइ घण्टा टाढा रहेकाे रानीजंगलमा बाख्रा चराउन गएका राेकाय चिसोको कारण आगो बाली ताप्ने क्रममा शरिरमा आगो लागेकाे जुम्ला प्रहरीले जनाएकाे छ । शरिरमा आगाे सक्लिँदा कराएपछि अन्य ब्यक्तीहरुले थाहा पाएकाे प्रहरीकाे भनाइ छ ।

राेकायकाे शरिरमा लागेकाे आगाे निभाएर उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएकाे थियाे । तर उनकाे उपचारकाे क्रममा आज विहान तीन बजे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । राेकायकाे शव पाेष्टमार्टमका लागि अस्पतालमा राखिएकाे छ । 

तपाईको प्रतिक्रिया