नेकपा एकीकृत समाजवादीका कार्यकर्ताद्वारा एमसीसीको दाहसंस्कार

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ। नेकपा (एस)का कार्यकर्ताद्वारा सडकमा एमसीसीको पुत्ला बनाएर दाहसंस्कार गरेका छन्।

प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेसँगै माइतीघर-नयाँ बानेश्वर, नयाँ बानेश्वर-कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया