डाेजरले खन्ने क्रममा ढुंगाले लागेर महिला गम्भीर घाइते

सुर्खेत । सडक खन्ने क्रममा जेसीवीले गुडाएकाे ढुंगा लागेर एक महिला गम्भीर घाइते भएकी छन् । गुराँस गाउपालिका-३ पातिकाल्नामा पातिकाल्ना स्याउली बजार सडक निर्माण गर्ने क्रममा जेसीभीले गुडाएकाे ढुंगा लागेर साेही ठाउँकाे खुमा बस्ने ४० वर्षीय सुर्जकला विक गम्भीर घाइते भएकी हुन् ।

झिम्रुक गाउपालिका -६ प्युठान स्थायी ठेगना भएका दिलिप कुमार पुनले चलाएको कर्णाली प्रदेश ०१००१ क ००१७ नम्बरको जेसीभीले सडक खनिरहेकाे बेला गुडेकाे ढुङ्गा विककाे टाउकाेमा लागेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे ५ । गम्भिर घाईते विककाे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

घटना आईतबार साँझकाे भएपनि घाइतेका श्रीमान राजेश बि.क. प्रहरी चाैकी रानिमत्तालाई आज खवर गरेकाे कार्यालयले जनाएकाे छ । प्रहरी टोली घटनास्थलमा गएको र चालक साेही ठाउँमा रहेकाे प्रहरीकाे भनाई छ । घाइते विकसँगै जेसीभी धनी तामा लामा र छोरा याम बहादुर बि.क. गएको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया