ललितपुर मेयर महिला च्याम्पियनसिपमा पहिलो दिन दुई खेल हुँदै

काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसप टी २० क्रिकेट आजबाट कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ।

ललितपुर महागरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ(क्यान) ले आयोजना गरेको प्रतियोगिता मंगलबारबाट सुरु हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर मेयर ११ टिमले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ। यो खेल विहान ९ बजे सुरु हुनेछ। त्यस्तै, दिउँसो एक बजेबाट सुरु हुने खेलमा प्रदेश १ ले एपीएफको सामना गर्नेछ।

पछिल्लो समय फाप्ला क्रिकेट मैदानमा भएको प्रतियोगितामा एपीएफले उपाधि जितेको थियो। त्यहि प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र बाँकी टिमबाट छनोट गरिएका टिम मिलाएर मेयर ११ टिम बनाइएको छ।

तिनै पाँच टिमले यो च्याम्पियनसिप खेल्नेछन्। च्याम्पियनसिपमा पाँच टिमले राउन्ड रोबिन शैलीमा खेल्नेछन् र शीर्ष चार टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलमा जित निकाल्ने टिमले फागुन १६ गते उपाधिका लागि खेल्नेछन्।

यस्तो छ तालिकाः

तपाईको प्रतिक्रिया