कर्णाली सरकारकाे महत्वकांक्षी याेजना, चार महिनामै विपन्न परिवारका एक सय बढी घर बनाइदिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीमा आफैले घर बनाउन नसक्ने विपन्न नागरिकका घर बनाउन आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बसेको मन्त्री परिषदको वैठकका निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवम प्रवक्ता विन्दमान विष्टले उक्त कार्यक्रमका लागि सरकारसँग पाँच करोड बजेट रहेको बताए ।


‘घरै बनाउन नसक्ने हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका हकमा चार लाखका दरमा घर बनाइने छ ।’ उनले भने, ‘त्यसका लागि जनता आवास कार्यक्रममा दलित समूदायलाई प्राथमिकता दिइएको छ भने विपन्न आवास कार्यक्रममा जुनसुकै नागरिक पनि पर्ने गरि कार्यविधी तयार गरेका छौं ।’ पाँच करोड बजेटमा कम्तिमा पनि एक सय घर बन्न सक्ने देखिएको छ ।

यसैबीच, सरकारले मुख्यमन्त्रीका लागि भन्दै गुर्भाकोट २ सुर्खेतका डा. नरेश विक्रम ढकाललाई सामाजिक सल्लाहकारमा नियुक्त गरेको छ ।यस्तै, सरकारले कर्णाली प्रदेशमा बेरुजु बढेको भन्दै कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

उनले कर्णाली प्रदेश सरकारले बुधबार मात्रै क्याविनेट बस्ने निर्णय गरेको र त्यसको चौविस घण्टामा निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने व्यवस्था गरेको बताए । तर आपतकालिन अवस्थामा भने मन्त्री परिषदको वैठक जहिले पनि बस्न सक्ने बताए ।

तपाईको प्रतिक्रिया