पाँच दलीय गठबन्धन टुट्ने माधव नेपालको घोषणा

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनबाट आफूहरू अलग हुने घोषणा गरेका छन्। एमसीसीमा पक्षमा आफ्नो पार्टीले मत हाल्न नसक्ने बताएका उनले आफूहरू बरु सरकारबाट बाहिरिने बताएका हुन्।

‘एमसिसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको छ,’ बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘यस्तो समस्यामा यो गठबन्धन रहन सक्दैन।’ एमसिसी पारित गर्नु राष्ट्रघाती कदम हुने भन्दै एमसीसीका विपक्षमा मतदान गर्ने नेकपा एसको सचिवालयले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया