स्थानीय निर्वाचनका लागि ४० दलले दिए निवेदन

काठमाडौं। स्थानीय तह निर्वाचन प्रयोजनका लागि शुक्रबार दिउँसो सम्ममा ४० वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ताका लागि निवेदन दिएका हुन्।

निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको पनि स्थानीय तह निर्वाचनका लागि आयोगले फागुन १५ गतेभित्र आयोगमा निवेदन दिन भनेको छ।

शुक्रबारै नेकपा (एमाले)ले पनि स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएको छ। शुक्रबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आयोगको कार्यालय पुगेर दल दर्ता गराएको हो। दल दर्ता पछि महासचिव पोखरेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गरेका थिए। सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया