फुटसलको उपाधि एबीसीलाई

सुर्खेत । एबीसी स्पोर्टस् क्लबले वीरेन्द्रनगरमा सञ्चालित फुटसल प्रतियोगिताको उपाधि जितेको छ । इन्टरनेसनल कोअपरेटिभ एकेडेमी वीरेन्द्रनगर–४ सुर्खेतले जिल्ला फुटबल संघसँगको समन्वयमा आयोजना गरेको प्रतियोगिता मंगलवार समापन भएको छ । उपाधिसहित एबीसीले नगद १८ हजार एक सय पाँच रूपैयाँसमेत प्राप्त गरेको हो ।

जन नमुना माध्यमिक विद्यालय द्वितीय र आयोजक इन्टरनेसनल कोअपरेटिभ एकेडेमी तृतीय भएका छन् । उनीहरूले क्रमशः ११ हजार ६ सय पाँच र सात हजार ६ सय पाँच रूपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाएका छन् । श्री कृष्ण संस्कृत माध्यमिक विद्यालयलाई ‘फेयर प्ले’ अवार्ड दिइएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रम विद्यालयका प्रिन्सिपल यामराज गिरीको अध्यक्षता तथा कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालको प्रमुख आतिथ्यतामा भएको हो । जिल्ला फुटबल संघका अध्यक्ष जनक रावल, महासचिव गणेश कार्की, सहमहासचिव सरद भण्डारी, प्याब्सन जिल्ला अध्यक्ष दलबहादुर गुरुङलगायतको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया