फिल्म डेब्युको ८ वर्षमै टाइगरका तीन घर

काठमाडाैं । अभिनेता टाइगर श्रापको आज अर्थात २ मार्च जन्मदिन परेको छ । फिल्म क्षेत्रमा एक्सन हिरोको रुपमा परिचित उनको नाम सानोमा ‘जय हेमन्त श्राप’ राखिएको थियो । फिल्म उद्योगमा डेब्यु गर्दा उनको नाम ‘टाइगर’ बनाइएको हो ।
सानैदेखि मार्सल आर्टस्को प्रशिक्षण लिएका उनी आफ्नो जिन्दगीसँग जोडिएको धेरै बिषय सार्वजनिक गर्दैनन् । अमेरिकामा अध्ययन गरेका उनले ‘हीरोपन्ती’, ‘बागी’, ‘वार’ लगायत धेरै फिल्म अभिनय गरेका छन् ।

फिल्ममा डेब्यु
पहिले टाइगरको मन खेल, र्मासल आर्टस्मा बस्थ्यो । उनले ४ वर्षको उमेरदेखि मार्सल आर्टस्को प्रशिक्षण सुरु गरेका थिए । अहिले भने अभिनय करियर बनाए । उनको डेब्यु फिल्म ‘हीरोपन्ती’ २०१४ मा रिलिज भएको थियो । थोरै समयमा दर्शकको मनमा राज गर्न उनी सफल भए । पहिलो फिल्मबाट टाइगर एक्सन अभिनेताको रुपमा अगाडि आए । माइकल ज्याक्सनका फ्यान उनले फिल्ममा एक्सनको अलवा डान्स समेत राम्रो देखाएका थिए ।

गलफ्रेन्ड दीशा पाटनी
टाइगर श्राप फिल्म उद्योगको ती कलाकारको सूचीमा पर्दछन् । जो चुरोट र मदिरा सेवन गर्दैनन् । टाइगर अहिले अभिनेत्री दीशा पाटनीसँग नजिक छन् । दुबै एकसाथ कार्यक्रम तथा सार्वजनिक स्थलमा देखिने गर्दछन् । फिल्म ‘बागी २’ मा एकसाथ काम पनि गरेका उनीहरु रिलेशनसिपमा रहेको चर्चा छ ।

टाइगरको आम्दानी
टाइगर श्रापसँग अहिले ८० करोडको मालिक हुन् । एक फिल्मका लागि उनी ८ करोड लिने गर्दछन् । विज्ञापन चलचित्रका लागि ४ देखि ५ करोडसम्म लिन्छन् । टाइगरको साथमा विभिन्न मोडलका महँगा गाडी समेत छन् । उनीसँग करोडौंको तीन फ्ल्याट छन् ।

तपाईको प्रतिक्रिया