‘२ नम्बरी’ मा अटाउलान् त पल शाह ?

काठमाडाैं । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ को छायांकन फेरि सुरु हुने भएको छ । पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्म अहिले आएर फेरि सुरु हुन लागेको हो । फिल्मको छायांकन १ चैत्रबाट सुरु हुने निर्माता करिण नेपालीले बताए ।

काठमाडौंबाट सुरु भएको फिल्मको छायांकन पोखरामा पुगेर रोकिएको थियो । अहिले फिल्मको छायांकन लोकेसन र केही कलाकार भने फेरिने भएका छन् ।
फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको र कलाकार पल शाह बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेकोले निर्माण युनिटले केही कलाकार परिवर्तन गर्न लागेको हो । निर्माता किरण नेपालीले स्वर्गीय कलाकार

जयनन्द लामाको ठाउँमा अर्काे कलाकार राखिने भएपनि पलको विषयमा केही निर्णय नभएको बताए । ‘पल शाहमाथि आरोप लागेको हो । प्रमाणित भएको छैन’ किरणले भने ‘केही दिनपछि उनको बिषयमा हुने कानुनी फैसला अनुसार हामी उनी रहने नरहने निर्णय गर्नेछौँ ।’ फिल्ममा पल परिवर्तन हुन सक्ने किरणले सुनाए ।

फिल्ममा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायतको मुख्य भूमिका रहनेछ । निर्देशक लामाकै कथा रहेको फिल्मको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली हुन्, भने प्रस्तुतकर्तामा किरण नेपाली रहेका छन् ।

तपाईको प्रतिक्रिया