अभिनेत्रीको दर्दनाक कथा : मोटोपनका कारण काम पाइनन्, शल्यक्रिया गर्दा ३१ वर्षको उमेरमा मृत्यु

काठमाडाैं । तेलगु चलचित्र अभिनेत्री आरती अग्रवालको आज जन्म जयन्ती हो । आरतीको जन्म मार्च ५ मा न्यु जर्सीमा भएको थियो। आरती १४ वर्षको हुँदा अभिनेता सुनिल शेट्टीले उनलाई पेन्सिलभेनिया सिटीको फिलाडेल्फियामा आयोजित कार्यक्रममा मञ्चमा नाच्न बोलाएका थिए । उनको नृत्य देखेर सुनिल शेट्टीले आरतीका बुवालाई बलिउडमा काम गर्नुपर्ने बताए ।

नभन्दै आरतीले १६ वर्षको उमेरमा फिल्ममा डेब्यू गरिन् । उनले सन् २००१ मा बलिउड फिल्म ‘मदन’ र सोही वर्ष साउथ फिल्म ‘नुव्वु नाकु नचाव’ मा डेब्यु गरेको थिइन्। यसबाहेक उनले साउथका थुप्रै सुपरहिट फिल्ममा पनि काम गरिन् । आरतीले दक्षिणका प्रायः सबै सुपर स्टारहरूसँग स्क्रिन शेयर गरिन्। उनले फिल्ममा चिरञ्जीवी, नागार्जुना, महेश बाबु, रवि तेजा, जुनियर एनटिआर, प्रभास लगायतका कलाकारसँग फिल्ममा काम गरिन् । आफ्नो करियरमा उनले आफ्नो करियरमा तेलुगु, तमिल र हिन्दी सहित लगभग २५ वटा चलचित्रमा अभिनय गरेकी छन्।

सन् २००५ मा उनले सह–स्टार तरुणसँगको प्रेम सम्बन्धमा फाटो आएपछि आत्महत्याको प्रयास पनि गरेकी थिइन्। त्यसपछि आरती मोटोपनबाट पीडित थिइन् र उनको मृत्यु हुनुभन्दा एक महिनाअघि लिपोसक्सन सर्जरी गरेकी थिइन्। यस शल्यक्रियाले तिनको शरीरबाट अत्यधिक बोसो निकाल्यो। हैदरावादका एक डाक्टरले उनलाई शल्यक्रिया नगर्न पनि सल्लाह दिएका थिए । तर, उनले डाक्टरको कुरा सुनिनन् ।

यो शल्यक्रियापछि उनलाई सास फेर्न गाह्रो भयो। उनलाई उपचारका लागि न्यूजर्सीस्थित अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनको अर्को अपरेशन गर्नुपर्ने थियो । उपचारकै क्रममा अचानक तिनको मृत्यु भयो । आरतीको मृत्युपछि उनको म्यानेजरले उनी मोटोपना र फोक्सोको रोगबाट ग्रसित रहेको समाचार एजेन्सीहरुलाई बताएका थिए । उपचारकको क्रममा उनलाई हृदयघात भयो र बचाउन नसकिएको म्यानेजरको भनाइ थियो ।

उनको ६ जुन २०१५ मा न्यूजर्सीमा निधन भएको थियो । त्यतिबेला तिनी ३१ वर्षका मात्र थिइन् । मृत्यु को एक दिन अगाडी ५ जुन २०१५ मा उनको चलचित्र ‘रणम-२’ रिलिज भएको थियो । भनिन्छ, आरतीले फिल्मको अफर पाउन छाडेकी थिइन् । जसका कारण उनी डिप्रेसनको शिकार बनिन् । यही कारणले उनको मोटोपन पनि बढेको थियो । यसबाट छुटकारा पाउन उनले शल्यक्रिया गर्ने निर्णय गरिन् । तर, त्यही कारण उनको ज्यान पनि गुम्यो ।ब

तपाईको प्रतिक्रिया