मिलानसँग हारे पनि क्वार्टरफाइनलमा लिभरपुल

काठमाडाैं । इन्टर मिलानसँग मंगलबार राति पराजित भए पनि लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति १-० गोलले पराजित भए पनि पहिलो लेगमा २-० को जीत हासिल गरेका कारण लिभरपुल समग्रमा २-१ को जीत निकाल्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको हो ।

खेलको ६१ औँ मिनेट लाउटारो मार्टिनेजले इटालियन च्याम्पियनका लागि गोल गरे पनि पहिलो लेगमा रोबर्टो फर्मिन्हो र मोहमद शलाहले गरेको गोल निर्णायक बन्यो । मार्टिनेजले गोल गरे लगत्तै दुईवटा पहेँलो कार्ड खाँदै एलेक्सिस सान्चेज मैदान छाड्न बाध्य बनेपछि इन्टरको पुनरागमनमा धक्का पुगेको थियो । अन्तिम आठका लागि ड्र १८ मार्चमा स्वीटजरल्याण्डमा हुनेछ ।

तपाईको प्रतिक्रिया