चुनावी तालमेलबारे कांग्रेसले भन्यो : ‘अहिल्यै निर्णय गरेको छैन’

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न निर्वाचनमा दलहरूसँग चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा कांग्रेसले निर्णय गरिनसकेको बताएका छन् ।

बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले यस्तो बताएका हुन् । ‘आसन्न निर्वाचनमा कांग्रेसले चुनावी तालमेल गर्छ कि गर्दैन भन्नेबारे अहिले निर्णय भइसकेको छैन,’ उपसभापति खड्काले भनेका छन्, ‘अब केही दिनपछि केन्द्रीय समितिको बैठक बस्छ र निर्णय गर्छ ।’

कांग्रेसले फागुन २९ देखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दैछ । यो अभियानपछि मात्रै कांग्रेसले यसबारे छलफल गर्ने भएको हो । उपसभापति खड्काले थपे— ‘यसबारे कांग्रेसले त्यसपछि मात्रै निष्कर्ष निकाल्छ । अहिले गठबन्धनका नेताहरूले जे जे भनेपनि त्यो होइन ।’

तपाईको प्रतिक्रिया