रुकुम पश्चिममा मालपाेत र नापी कार्यालय स्थापना गरिँदै

रुकुम पश्चिम । आठबीसकोट नगरपालिकामा नापी र मालपो त कार्यालय स्थापना गरिने भएको छ । जिल्लाका अरू पालिकाभन्दा टाढा र भौगोलिक विकटता भएको आठबीसकोटमा त्यहाँका स्थानीयको समस्यालाई ध्यान दिँदै नापी तथा मालपोत कार्यालयको स्थापना गर्न लागिएको हो ।

अर्थ मन्त्रालयले फागुन २५ गते बाँकेको कोहलपुर, महोत्तरीकाे गौशाला र डडेल्धुराको जोगबुढासँगै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिएकाे छ । कार्यालय स्थापनको लागि मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेकाे जनाइएकाे छ ।

आठबीसकोट नगर पालिकाका प्रमुख गोर्खबहादुर केसीले आठबीसकोट नगरपालिका भौगोलिक हिसाबले विकट रहेको र त्यस ठाउँबाट सदरमुकाम आउन निकै समस्या हुने गरेकाे गुनासो बढेपछि आठबीसकोटमै नापी र मालपोत कार्यालय स्थापना गर्न पहल गरिएको बताए ।

स्थानीयबासिन्दा गङ्गा देवकोटाले घर जग्गालगायतको काराेबार गर्न सदरमुकाममा नै आउनुपर्ने र वर्षातकाे समयमा बाढीपहिराे र हिउँदको समयमा हिउँ परेर बाटो अवरुद्ध हुने हुँदा यहाँका स्थानीयले धेरै नै सास्ती खेप्नुपरेकाे गुनासो गरे । मन्त्रालयको यो निर्णयले आफूहरू खुसी भएको र अब मन्त्रिपरिषद्ले सो निर्णयको अनुमोदन गर्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ । आठबीसकोट नगरपालिकाका १, २, ३, ४ र ५ नम्बर वडा नगरपालिका केन्द्रबाट टाढा रहेका छन्

तपाईको प्रतिक्रिया