सुर्खेतमै विद्युतीय स्कुटर र साईकल किन्न सकिने, कति पर्छ मूल्य ?

सुर्खेत । कर्णालीमा पहिलो पटक विद्युतीय स्कुटर र साईकल सोरुम सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले गेट नजिकै विद्युतबाट चल्ने सवारी साधनको आधिकारिक विक्रि गर्ने उदेशयले सिबि इन्टरनेश्नल टेड्रिङ कम्पनीले सोरुम सञ्चालनमा ल्याएको हो ।

सोरुमको सोमबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका छन् । मुख्यमन्त्री शाहीले बढ्दो प्रदुषण रोक्न विद्युतिय सवारीको योगदान उच्च रहने र सरकारले विद्युतीय सवारी भित्र्याउन छुट दिइरहेको बताए । विद्युतीय सवारी कर्णालीमा भित्र्याउन थालेपछि मुख्यमन्त्री शाहीले केन्द्र सरकारसँग समन्वय गरेर चार्जिङ्ग सेन्टरको स्थापनामा विशेष पहल गर्ने बचन दिएका छन् । विद्युत उत्पादनले पनि गति लिएको भन्दै यसले पेट्रोलियम पदार्थको खपत घटाउँदै नेपालकै उर्जा खपत हुने विश्वास मुख्यमन्त्रीको छ ।

भारतीय उत्पादक पियोर कम्पनीको स्कुटी पहिलो पटक कर्णालीमा भित्र्याइएको प्रा.लि.का निर्देशक विनोद केसीले जानकारी दिए । पेट्रोल तथा डिजेलको मुल्य दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा इलेक्ट्रोनिक्स सवारी सुर्खेतमै पहिलो पटक भित्र्याइएको केसी बताउँछन् । ह्वाइट लोटर्स मोटर्स यो ब्राण्डका सवारी साधन नेपालमा प्रा.लि.ले ल्याइको हो ।

कर्णालीमा पहिलो पटक भित्र्याइएका स्कुटी र साइकलमा ६० भोल्टको व्याट्री प्रयोग गरिएको छ । एक पटक चार्ज गरिएको व्याट्री अधिकतम् ९० देखि १२० किलोमिटरको दुरीसम्म ६० को स्पीडमा चलाउन सकिने प्रा.लि.का निर्देशक के.सी.ले जानकारी दिए ।

स्कुटरको मूल्य दुई लाख ६५ हजारदेखी २ लाख ७५ हजारसम्म रहेको निर्देशक केसीको भनाई छ । उनले विद्युतीय साइकलको मूल्य भने ६० हजारदेखी एक लाख २५ हजार मूल्यसम्मका विभिन्न मोडलका रहेको बताए । करिब एक करोड लागतमा सोरुम सञ्चालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया