२५ लाख पुरस्कार राशीको र्‍याप रियालिटी शोको अडिसन सुरु

काठमाडौं । २५ लाख पुरस्कार राशीको नेपाली र्‍याप रियालिटी शो रबार्जको अडिसन सुरु भएको छ ।

शोको लागि पोखरा, चितवन, काठमाडौं, नेपालगन्ज, बुटवल, सुर्खेत र विराटनगरलगायत जिल्लामा अडिसन भइरहेको छ । साथै भारतको सिक्किम र दार्जिलिङ, सिलिगुडीमासमेत अडिसन हुनेछ ।

जजको भूमिकामा कवि जि, हाकिम, र लेजि रहने भएका छन् भने कार्यक्रमको फाउन्डर कोलिन बिक्रम राना हुन् । रबार्जले यसपटकको शोका लागि आईएनसी इन्टरटेन्मेन्टसँग सहकार्य गरेर रियालिटी शोको आयोजना गरेको हो ।

शोका विजेताले २५ लाख पाउनेछ भने दोस्रो हुनेले १० लाख र तेस्रो हुने प्रतियोगीले ५ लाख पुरस्कार पाउनेछन् ।

अहिले भइरहेको अडिसनमा हरेक दिन सयजनाभन्दा बढीले अडिसन दिइसकेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशमा रहेका नेपालीहरुमाझ पनि यो रियालिटी शो आयोजना भइरहेको छ ।

काठमाडौंका लाजिम्पाटस्थित त्रिशारा होटेल शंकर, बत्तीसपुतलीको ग्राटिया सेन्टरमा अडिसन सम्पन्न भएको छ । पोखरा, चितवनमा पनि अडिसन सकिसकेको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया