वीरेन्द्ननगरबाट जग्गा खिचौलामा फरार ७० वर्षीय वृद्धासहित चार पक्राउ

सुर्खेत । जग्गा खिचौला विषयमा फरार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ की ७० वर्षीय वृद्धा लक्ष्मी सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुनारसहित अन्य तीनजनालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत सुर्खेतको फैसला लगत नं. ३०२३ मा जग्गा खिचौला विषयमा लक्ष्मी सुनारलाई एक महिना कैद र १० हजार जरिवाना सुनाएको थियो । यस्तै, सुर्खेत प्रहरीले अन्य सार्वजनिक अपराधमा फरार तीन जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ का ललित सुनार, दिपक गोली र वीरेन्द्रनगर–११ का धनबहादुर थापालाई पक्राउ गरेको हो । उनिहरू तीनै जनालाई पाँच/पाँच हजार जरिवानाको सजाय तोकेको थियो ।

तपाईको प्रतिक्रिया