यो वर्षको अन्त्यमा बिहे गर्दै छन् आलिया र रणवीर

काठमाडाैं । विगत चार वर्ष देखी प्रेम सम्बन्धमा रहेका बलिउड सुपरस्टार जोडी आलिया भट र रणवीर कपूर यही वर्षको अन्त्य तिर बिहे गर्ने तयारीमा रहेको बताइएको छ ।

भारतीय सञ्चार माध्यम ‘द इकोनमिक्स टाइम्स’ काअनुसार हाल रणवीर र आलियाको परिवार उनीहरूको बिहेको तयारीमा जुटेका छन् । उनीहरूको बिहे आगामी अक्टोबरमा राजस्थानको रान्थाम्भबोरमा हुने सम्भावना रहेको छ ।

यसअघि रणवीर र आलियाको बिहे यही अप्रिल महिनामा हुने हल्ला चलेको थियो भने रणवीर र आलियाले सोही अनुरूप आफ्नो फिल्म सुटिङको कार्यतालिका मिलाएको बताइएको थियो ।

यद्यपि रणवीर र आलियाको बिहे पश्चात सँगै बस्ने घर कृष्ण राजको पूर्ण निर्माणको काम नसकिएको कारण बिहेको मिति पछाडि सरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया