रामचरणदेखि आलिया भट्टसम्म आरआरआरका लागि कसले कति लिए पारिश्रमिक ?

काठमाडौं । बाहुबली निर्देशक एसएस राजामौलीद्वारा निर्देशित चलचित्र आरआरआर हाल सर्वाधिक कमाइको रेकर्ड राख्न सफल चलचित्रको रूपमा स्थापित भएको छ ।

४ सय करोडको कुल लगानीमा निर्माण गरिएको बताइएको यस चलचित्रका कलाकारहरूका लागि पनि राम्रै लगानी गरिएको देखिन्छ । चलचित्रमा अभिनीत कलाकारहरूको पारिश्रमिक यस प्रकार रहेको छ ।

राम चरण :
रिपोर्टका अनुसार क्रान्तिकारी सितारामा राजुको पात्रको रूपमा प्रस्तुत भएका भारतीय सिनेमाका सुपरस्टार राम चरणले यस फिल्मको पारिश्रमिक स्वरूप ४५ करोड भारतीय रुपैयाँ लिएका थिए । राम चरणले चलचित्रमा ब्रिटिस औपनिवेशिक शासन विरुद्ध सशस्त्र अभियानको नेतृत्व गर्ने स्वतन्त्रता सेनानीको पात्रको रूपमा अभिनय गरेका छन् ।

जे आर एनटिआर :
देशको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताहरू मध्ये एक जेआर एनटीआरले पनि यस चलचित्र मार्फत पारिश्रमिक स्वरूप ४५ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ ।

आलिया भट्ट :
पुरै चलचित्रमा लगभग १० मिनेट मात्र स्क्रिनमा देखिएकी अभिनेत्री आलिया भटले यस फिल्मको पारिश्रमिक स्वरूप ९ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ ।

अजय देवगण :
चलचित्रमा अतिथि कलाकारको जस्तै मात्र भूमिका निभाएका अजय देवगणले पनि यस चलचित्र मार्फत मोटै पारिश्रमिक हात परेका छन् । रिपोर्टका अनुसार उनले यस चलचित्र मार्फत ३५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए ।

एसएस राजामौली :
फिल्म निर्देशक एसएस राजामौलीले यस चलचित्र मार्फत निश्चित पारिश्रमिक नलिए पनि कुल फाइदाको ३० प्रतिशत पाउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया