फेरि १० प्रतिशतले बढ्यो गाडीभाडा

काठमाडौँ । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुवाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।

विभागकाअनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई मध्यनजर गर्दै लामो दूरीमा चल्ने सवारी साधनको भाडा बढाउने निर्णय गरिएको विभागका प्रवक्तासमेत रहेका उपसचिव लोकनाथ भुसाल बताए । पेट्रोलियम पदार्थमा न्यूनतम मूल्य ५ प्रतिशत घटबढ हुनासाथ स्वचालित भाडा दरअनुसार गाडी भाडा समायोजन हुनेछ ।

final.२०७८-१२-१७अन्तरप्रदेशभाडादर2022-04-03_03-24-26-493

 

तपाईको प्रतिक्रिया