निजामति कर्मचारी संगठन कर्णाली अध्यक्षका यी हुन आँकाक्षी

सुर्खेत । नेपाल निजामति कर्मचारी संगठन कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा जारी रहँदा अध्यक्षका आँकाक्षीहरुहरुको चर्चा भइरहेको छ । वीरेन्द्रनगरको जिल्ला समन्वय समितिको हलमा कार्यक्रम भइरहँदा संगठनको कर्णाली अध्यक्ष को हुन्छ भन्ने परिचर्चा भइरहेको हो ।

अध्यक्षका आँकाक्षी बायाँबाट क्रमश पूर्णबहादुर थापा, लालबहादुर खत्री, राजेश आचार्य र टंक लामिछाने ।

नयाँ नेतृत्वका लागि मुख्यगरी चार जनाको चर्चा छ । टंक लामिछाने, लालबहादुर खत्री, पूर्णबहादुर थापा र राजेश आचार्य अध्यक्षका आँकाक्षी छन् । यी चारमध्य संगठनमा लामो कार्य अनुभव सम्हालेका खत्री हुन् । चार जनाको चर्चामा सम्भावित अध्यक्षका रुपमा खत्री वा थापालाई बनाउनु पर्ने मत बलियो छ । तर लामिछानेलाई अध्यक्ष बनाउन संगठनका कर्णाली इन्चार्ज प्रयाज्ञराज शर्मा लागि परेको अधिवेशन स्थलमा आलोचना भइरहेको छ ।

‘खत्री सर संगठनको पूरानो व्यक्ति हो, उहाँ नै सम्भवत संगठनको कर्णाली अध्यक्ष बन्नुहुन्छ,’ सहभागी एक प्रतिनिधिले भने, ‘यदी उहाँ रोकिनु भयो भने उहाँकै समर्थनमा थापा अध्यक्ष बन्ने मत पनि बलियो छ । थापा अध्यक्ष भएमा महासचिवमा आचार्यको व्यवस्थापन हुनसक्छ ।’

२०४७ सालदेखी संगठनको सदस्यता लिएका खत्री २०४७ मा संगठनको प्रारम्भीक जिल्ला कार्य समिति जाजरकोटका सदस्य थिए । २०५१ मा जाजरकोट र २०५३ मा बर्दिया संगठनको कार्य समिति सदस्य भए । २०५९ मा संगठनको दैलेख सह–सचिव, २०६६ मा सुर्खेत संगठनको सचिव, २०६९ मा भेरी अञ्चल समन्वय समितिका सचिव भए । तर २०७३ सालमा भएको संगठनको नयाँ नेतृत्वका लागि ९१ मतान्तरले सुर्खेत अध्यक्ष भएका हुन् । हाल नेपाल निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन सुर्खेतका अध्यक्ष छन् ।

अध्यक्षका अर्का आँकाक्षी थापा २०६८ सालमा संगठनमा आवद्ध भएका हुन् । २०६८ मा संगठनको दैलेख कार्य समिति सदस्य, २०७२ मा दैलेख जिल्ला उपाध्यक्ष र २०७८ मा केन्द्रीय अधिवेशन आयोजक कमिटीका दैलेख संयोजक हुन् । नेपाल निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन सुर्खेतका सचिव रहेका आचार्य २०६७ मा संगठनको बर्दिया जिल्ला कार्य समिति सदस्य र २०६९ मा सुर्खेतमा सह–सचिव हुन् । आचार्य २०७३ मा संगठनकाे निर्वाचित सुर्खेत उपाध्यक्ष समेत हुन् ।

लामो समयदेखी तत्कालि जिल्ला विकास समितिमा कार्यरत लामिछानेले २०७३ सालमा संगठनको सदस्य भएका हुन् । स्थानीय निकाय कर्मचारी संघका सदस्य रहेका लामिछाने हाल राष्ट्रसेवक बहुउदेश्यीय सहकारी संस्था सुर्खेतका संयोजक छन् । यसअघि उनी सोही सहकारीको सचिव थिए ।

तपाईको प्रतिक्रिया