ईट्टाभन्दा कम लागतका इपिएस कंन्क्रिट ब्लक डि.आर. बिल्डर्सले सुर्खेत भित्र्याउँदै

सुर्खेत । बुटवलमा उद्योग रहेको डि.आर. बिल्डर्स एण्ड मेकर्सले जर्मन प्रविधिबाट उत्पादित इपिएस कंन्क्रिट ब्लकहरु पश्चिम नेपालको सुर्खेतबाट विक्री खुला गर्ने भएको छ । नयाँ प्रविधि नयाँ उत्पादन इपीएस कंन्क्रिट ब्लक्सको विस्तार सुर्खेतसम्म गर्न लागेको हो ।

२०७६ सालमा बुटवलमा स्थापना भएको उद्योगले नेपालको भू–वनावट अनुसार भूकम्प प्रतिरोधात्मक ब्लक्सहरु उत्पादन गर्दै आएको छ । बुटवलदेखी पूर्वी नेपालमा ब्लक विक्री हुँदै आएको तर कर्णालीलाई समेट्ने गरी सुर्खेतमा पठाउने गृहकार्य भइरहेको उद्योगका प्रवन्ध निर्देशक दिनेशमणि श्रेष्ठले जानकारी दिए ।

सुर्खेतमा रहेका व्यापारीहरुसँगको छलफलका क्रममा उद्योगले इपीएस कंन्क्रिट ब्लकबारे जानकारी गराइसकेकाले केही दिनमा उत्पादित ब्लक सुर्खेत पठाउने श्रेष्ठको भनाई छ । ‘उद्योगले उत्पादन गरेका ब्लक साधारण सिमेन्ट प्रयोगबाट गरेजस्तो छैनन्,’ श्रेष्ठले भने, ‘ यसमा जर्मन प्रविधि अनुरुप स्वचालित मेशीनहरुको प्रयोगबाट ब्लक उत्पादन गर्दै आएको छाैं । यी ब्लक ईट्टाहरुभन्दा चार गुणा र एएसी ब्लकभन्दा ३० प्रतिशत हलुका छन् ।’ यी ब्लक भूकम्प, ताप, ध्वनी र ओस प्रतिरोधात्मक हुनुका साथै वातावणमैत्री रहेको उद्योगले जनाएको छ।

थर्मल इन्सुलेसन राम्रो हुनाको कारणले यी ब्लकले बनेका घरहरु गर्मीमा शितल र जाडो मौसममा कोठाहरू न्यानो हुन्छन् । पानी अवशोषण दर धेरै नै कम हुने भएकोले सिपेजको समस्या बिल्कुलै नहुने कम्पनीको दाबी छ । उद्योगले हाल तीन प्रकारका ब्लकहरु उत्पादन गर्दै आएको छ ।४५० किलोग्राम प्रति घन मिटर घनत्वका ४,६,र ८ इन्च गरि तिन फरक मोटाईका ब्लकका लम्बाई २४ इन्च छ भने उचाइ सबैको ८ इन्च छ।

‘घर तथा अन्य निर्माणको क्रममा हामीले उत्पादन गरेका ब्लकहरु जहाँ पनि प्रयोग गर्न सकिन्छ,’ श्रेष्ठ भन्छन्, ‘यी ब्लकहरु हलुका, ओस, अग्नि, ध्वनी, टुटफुट प्रतिरोधक र कम लागतका छन् ।’ भवन निर्माणकाे लागि प्रयाेग हुने फलामका छड र निर्माण सामग्रीहरुमा २५ प्रतिशतसम्म मितव्ययिता हुने श्रेष्ठकाे भनाई छ ।

ब्लक ठूलाे आकारमा रहेकाले निर्माण कार्यमा प्रयाेग हुने मसलामा ६० प्रतिशतसम्म मितव्ययिता हुने उनी बताउँछन् । समग्रमा निर्माण लागत १७% कम हुने र भविष्यमा पनि उर्जा खपतमा उल्लेखनीय कमि हुन गई मितव्ययी हुने कम्पनीको भनाइ छ। उत्पादनको बारेमा बिस्तृत जानकारी drblocks.com मा लिन सक्नुहुनेछ।

तपाईको प्रतिक्रिया