निर्वाचन आचारसंहिता कार्यान्वयनमा सहकार्य गरौं : निर्वाचन आयुक्त डा. तुलाधर

सुर्खेत । आगामी वैशाख तीस गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नमा मिडियाकर्मीको भुमिका ठुलो रहेको बताएकी छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै डा. जानकीकुमारी तुलाधरले यस्तो बताएकी हुन् ।

राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगत र आयोगबीच नजिकको सम्वन्ध रहेकोेले निर्वाचनलाई भएरहित वातावरणमा सम्पन्न गर्न समन्वय गरेर अघि बढनुपर्नेमा जोड दिदै आयोगको लक्ष्य र उदेश्य पुर्ति गर्नमा मिडियाकोे भूमिका अह्म रहने उल्लेख गरिन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनलाई कम खर्चिलो बनाउनका लागि निर्वाचन आचिारसंहिता बनाइएको बताउँदै यसको कार्यान्वयनका सन्दर्भमा मिडिया क्षेत्रबाट पूर्ण सहयोग प्राप्त गर्नेमा आयोग विश्वस्त रहेको उल्लेख गरिन ।

निर्वाचनका बेला मतदाता नामावली संकलन, आचारसंहिता पालना, मतदान, मतगणना र सुरक्षा व्यवस्थापन लगायतका क्रियाकलाप सम्पन्न गर्नमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकारले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता भित्र रही मतदातामा सत्य तथ्य सूचना सम्प्रेषणमा सहयोग गर्न आग्रह गरिन् ।

निर्वाचनको संचालन, रेखदेख, र नियन्त्रणमा आयोग कटिबद्ध भएकाले यसलाई अगाडी बढाउन मिडियाको सहयोग बिना आयोग एक्लैले केही गर्न नसक्ने तुलाधरको भनाई थियो । आफ्ना सूचना, विचारहरुलाई सन्तुलित गरेर प्रकाशन र प्रसारण गर्न अनुरोध गर्दै तुलाधरले  सामाजिक सञ्जालको नीति ल्याइएको बताइन् । त्यहीँ नीति भित्र रहिअघि बढन तुलाधरको आग्रह छ । निर्वाचन आयोगको काम कारवाहीका बारे जान्नु परेमा वा निर्वाचनसँग सम्बन्धित कुनै जिज्ञासा भए ११०२ मा फोन गरेर आवश्यक जानकारी लिन सकिने तुलाधरको भनाई छ ।

तपाईको प्रतिक्रिया