जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षाबलहरूबीच झडप भएको छ।

उक्त झडपमा करिब १०० जना घाइते भएको चिकित्सकले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ।

अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रिनेड प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया