समाजवादी चामुण्डा बिन्द्रासैनीका नगर अध्यक्ष एमाले प्रवेश

वीरेन्द्रनगर । दैलेखको चामुण्डा नगरपालिमा नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष लक्षिराम केसी एमालेमा प्रवेश गरेका छन् ।

आइतबार समाजवादी चामुण्डाबिन्द्रासैनी नगर कमिटी अध्यक्ष केससहितको टोलीले एक विज्ञप्ति जारी गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

केसीलाई नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढा, एमाले कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाही, भरत शाही र जिल्ला कमिटी सदस्य शेरबहादुर रावत लगायतले स्वागत गरेका हुन् ।

तपाईको प्रतिक्रिया