जुम्लाको तिला–३ मानसिंह सार्कीको घरमा आगलागी हुँदा चारको मृत्यु

सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको एक घरका आगलागी हुँदा जलेर चार जनाको मृत्यु भएको छ । शुक्रबार राती करिब साढे ११ बजे तिला गाउँपालिका–३ मा पर्ने मानसिंह सार्कीको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चार जनाको जलेर घटना स्थलमै मृत्यु भएको छ भने अन्य विहोस भएका छन् ।

जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले मृत्यु हुनेमा ११ वर्षीय छोरी अनु सार्की, तीन वर्षीय छोरी दर्शना सार्की, १ वर्षीय छोरा दीपेश सार्की र भान्जी १४ वर्षीय तिर्सना सार्की रहेका नेपालीरैबारलाई जानकारी दिए ।

राती नै नेपाल प्रहरी र सस्शत्र प्रहरी बलको टोली पुगेर शनिबार बिहान ३ बजे आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य तीन जना बेहास अवस्था रहेका उपचारको लागि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पठाईएको छ ।

घर पुरै जलेर नष्ट भएको छ भने घर भित्र के कति समान थियो त्यसको कुनै विवरण आएको छैन् । आगलागीको कुनै कारण खुल्न नसेको प्रहरीको भनाई रहेको छ । घर कच्ची र जस्ता पाताले छाएको थियो । प्रहरीले हाल मुचुल्का उठाईरहेको छ ।

तपाईको प्रतिक्रिया