एमालेबाट वीरेन्द्रनगरकी मेयर ढकालले गरिन् मनोनयन दर्ता

सुर्खेत । वीरेन्द्रनगरको मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल र उप–मेयरमा निलकण्ठ खनालले उम्मेदवारी दिएका छन् ।

सोमबार वीरेन्द्रनगर मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन् ।

उनीहरु एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए ।

ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

ढकाल नेकपा एमाले केन्द्रीय सदस्य तथा सुर्खेत सह–इन्चार्ज समेत हुन् भने यस अघि वीरेन्द्रनगरको उप–प्रमुख समेत बनेर काम गरिसकेकी हुन् ।

यस्तै, उप–मेयर खानल यस अघि वीरेन्द्रनगर नगरपालिका–४ का वडा अध्यक्ष हुन् भने नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटि अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया