कालिकोटमा गडबन्धन नहुने

सुर्खेत । कालिकोटमा सत्तारूढ गठबन्धनबीच तालमेल नहुने भएको छ । सत्तारूढ दल पाँच दलिय गठबन्धन कालिकोटले केन्द्रको निर्णय अस्विकार गरेको छ ।

केन्द्रको निर्णय अविस्कार गर्दै कालिकोटमा भने दलहरुले एक्ला–एक्लै चुनावी मैदानमा होमिने निर्णय गरेका छन् ।

बुधबार नेपाली कांग्रेस कालिकोटका सभापति अम्मर शाहीको अध्यक्षतामा बसेको पाँच दलिय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले एमाले वाहेक गठबन्धन संग मित्रवत तालमेल गर्न सक्ने वा एक्ला–एक्दै चुनाव लड्न सक्ने निर्णय गरेको छ ।

यस्तै, बैठकमा कांग्रेस नेता भुपेन्दजंग शाही , माओवादि केन्द्रका नेता महेन्दबहादुर शाही लगायतका गठबन्धन भित्रका दलहरूले निर्णय गर्दै हस्ताक्षर समेत गरेका छन ।

तपाईको प्रतिक्रिया