‘रारा गोल्डकप’को उपाधि शिजुओका गाइजलाई

सुर्खेत । कर्णाली प्रदेश समाज जापानले आयोजना गरेको प्रथम ‘रारा गोल्डकप फुटसल प्रतियोगिता’को उपाधि शिजुओका गाइजले जितेको छ ।

आइतबार टोकियोको हाचिओजिस्थित फुटसल मैदान भएको प्रतियोगितामा लमजुङ फुटबल क्लबलाई पराजित गर्दै शोजौका गाइजले उपाधि जितेको हो ।

प्रतियोगिताको औपचारिक कार्यक्रममा जापानका लागी कार्यवाहक नेपाली अम्बिका जोशी प्रमुख अतिथि रहेका थिए । उनले रेफ्रीलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रतियोगितामा २२ नेपाली र २ भुटानी गरी २४ टिले भाग लिएको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए । उनकाअनुसार पहिलो पटक आयोजना गरिएको प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

‘‘प्रतियोगिताको मूल उद्देश्य कर्णाली क्षेत्रका प्राकृतिक साधन र स्रोतहरूको प्रचारप्रसार गर्नु थियो,’ अध्यक्ष शाहीले भने, ‘पर्यटन प्रवर्धन गर्ने हाम्रो लक्ष्य केही हदसम्म पूरा भएको मैले विश्वास लिएको छु ।’

प्रतियोगिताको विजेता शिजुओका गाइजले ३ लाख, ३ हजार ३३३ येनसहित मेडल र प्रमाणपत्र हात पाएको छ भने उपविजेता बनेको लमजुङ फुटबल क्लबले १ लाख ५५ हजार ५५५ येनसहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै, उत्कृष्ट खेलाडी करण बोगटी घोषित भए भने, सर्वाधिक गोलकर्ता शकर श्रेष्ठ तथा उत्कृष्ट गोलरक्षक राजु तामाङ भए । उनीहरू तीनै जनालाई जनही ५ हजार येनसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

कर्णाली जन्म थलोभई जापानलाई कर्म थलो बनाएका कर्णालीका युवाहरूको सामूहिक प्रयासमा प्रतियोगिता सफल भएको अध्यक्ष शाहीले बताए ।

विभिन्न व्यवधानका बाबजुद पनि प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको उनको भनाई छ । कर्णाली प्रदेश समाज जापान स्थापनाकालदेखि नै सामाजिक कार्यमा संलग्न हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया