निमावि शिक्षकको नतिजा आयो, कुन प्रदेशमा कति पास ?

काठमाडौं । निम्न माध्यमिक तह,तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । शिक्षक सेवा आयोगले आज प्रकाशित गरेको नतिजाअनुसार परीक्षामा कुल २० हजार ९८२ जना उत्तीर्ण भएका छन् । प्रदेश १ मा १९ हजार २० परीक्षामा सहभागी भएकामा ५ हजार १ सय ८२ जना पास भएका छन् ।

त्यस्तै, मधेस प्रदेशमा १ हजार ११ जना पास भएका छन् । मधेसबाट ५ हजार ८ सय ५३ जनाले परीक्षा दिएका थिए। बागमती प्रदेशमा ११ हजार ५ सय २६ जना परीक्षामा सहभागी भएकामा ३ हजार ५ सय ७७ जना उत्तीर्ण भएका छन् ।

​त्यस्तै, गण्डकी प्रदेशबाट १४ हजार दुई सय ६ जनाले परीक्षा दिएकामा ४ हजार ३ सय ४१, कर्णालीमा ४ हजार ७ सय ८८ ले परीक्षा दिएकामा १ हजार ६९,लुम्बिनीमा ११ हजार ८ सय ४४ सहभागी भएकामा ३ हजार ३ सय ६१ जना र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय ६९ सहभागी भएकामा दुई हजार ४ सय ४१ जना उत्तीर्ण भएका छन् । आयोगले २०७८ चैत १७ गते परीक्षा लिएका थियो ।

लिखितको सामान्य परीक्षामा उत्तीर्ण भएकाहरूको विषयगत परीक्षा असार ११ गते हुने आयोगले जनाएको छ। परीक्षाको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न सकिने पनि आयोगले जनाएको छ। पुनर्योग गर्न चाहनेलाई जेठ २ गतेभित्र आयोगको वेबसाइटमा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोहीअनुसार भरेर शिक्षक सेवा आयोग सानोठिमी वा परीक्षा दिएकै प्रदेश राजधानी रहेको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन आयोगले भनेको छ ।

तपाईको प्रतिक्रिया