परिचयपत्र नभएका मतदातालाई पनि भोट खसाल्न दिने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकालाई पनि मतदान गर्न मिल्ने व्यवस्था गर्ने जनाएको छ ।

आयोगले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न दिने तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मतदाता परिचयपत्र भएकाहरुले भने सजिलै मतदान गर्न सक्नेछन् ।

नियमित पत्रकार सम्मेलनमा पौडेलले ५ सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ८ जना र ५ सयभन्दा थोरै मतदाता भएका केन्द्रमा ७ जना कर्मचारी खटिने जानकारी दिएका छन् ।

आयोगले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका निर्वाचन आचारसंहिता विपरीतका सामग्री भोलिसम्म हटाउन पनि निर्देशन दिएको छ ।

आयोगले गत बिहीबारदेखि गरेका महत्त्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया