उम्मेदवार प्रहरी नियन्त्रण भएपछि रुकुम पश्चिमको बाँफिकोटमा मतगणना भएन्

सुर्खेत । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन । वडाध्यक्षका उम्मेदवार सवार गाडीको ठक्करबाट मतदाताको मृत्यु भएपछि उम्मेदवार जनककुमार बाँठा प्रहरीको नियन्त्रणमा छन् ।

प्रहरीको नियन्त्रणमा रहेको उम्मेदवार नछुटेसम्म मतगणना नहुने भएको छ । बाँफिकोट गाउँपालिका–७ मा नेपाली काँग्रेसका उम्मेदवार बाठामगर सवार लु ३ च ३३१० नम्बरको गाडीले ठक्कर दिँदा ७० बर्षीय प्रविण खत्रीको शुक्रबार मृत्यु भएको थियो ।

बिहान ७ बजेदेखि मतगणना गर्ने भनिएपनि सुरु नभएको बाँफिकोटका निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिएका छन् । प्रजिअधिकारीको नेतृत्वमा वैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया