हरियाली र जिविकाेपार्जनका लागि वीरेन्द्रनगरमा एक हजार रूख राेप्न सुरू

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका, युएसएआईडी/तयार नेपालकाे आर्थिक सहयाेग र अन्तर्निर्भर समाज सुर्खेतको साझेदारिमा सन्चालित कार्यक्रम सडक किनारामा वृक्षारोपण, डस्टबिन र विश्राम स्टेशन स्थापना अन्तरगत वीरेन्द्रनगरमा १ हजार बिरुवा रोप्ने काम शुरु भएको छ। वीरेन्द्रनगर नगरपालिकाले नगरलाई हरियाली र जिविकाेपार्जनका लागि वीरेन्द्रनगर-७ कालुङ्गचोकमा विभिन्न फलफूल जातका विरुवा रोपेको हाे ।

हरियालीसंगै हर्वल तथा फलफुलजन्य विरुवाहरु रोपी बेरोजगारहरुलाई रोजगारीसमेत दिने उदेश्यले यो कार्यक्रम सुरु गरिएकाे हाे । आइतबार आयोजित एक कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले ४६ नं. ट्याग लगाईएको विरुवा रोपेर कार्यक्रमको सुभारम्भ गरेका थिए । नगरलाई विपद्बाबाट जोगाउन तथा हरियाली पार्नका लागि वीरेन्द्रनगरका ६, ७ र ८ नं. वडाका सडक छेउमा विभिन्न जातका करिव एक हजार विरुवा रोपिने छ ।

जसका लागि करिव ८० लाख रकम खर्च हुनेछ । विरुवा रोप्नका लागि ८ सय खाल्डासमेत तयार भई सकेका छन् । परियोजना अन्तर्गत यसअघि नगरका विभिन्न २० ठाउँमा यात्री प्रतिक्षालय निर्माण गरिएको छ भने, एकसय ठाउँमा आधुनिक फोहोर संकलन डस्विनसमेत राखिसकिएको छ । आज रोपिएका विरुवामा म्याङ्गो स्टिम, आँप, निम र अम्बाका विरुवाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया