सिम्ताका अध्यक्ष चन्दले सार्वजनिक गरे सम्पत्ति विवरण

सुर्खेत । जिल्लाको सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐन बहादुर चन्दले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पदभार ग्रहण गर्दै गर्दा निष्ठाको राजनीति गर्ने भन्दै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सम्पत्तिको नाममा उनको साग्रिला बैंकमा ८ हजार ३ सय ६२ र १२५ सिसिको होन्डा साईन बाइक रहेको उल्लेख गरेका छन् ।

यस्तै, बुबाको नाममा ४ कोठाको कच्ची घर रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् । सुर्खेतका स्थानीय तहमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने उनी पहिलो व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया