कर्णाली र सुदुरपश्चिम विकासका लागि विश्व बैंकले दियो ९ अर्ब ९५ करोड

काठमाडौँ । विश्व बैंकले नेपालका लागि ८ करोड डलर (९ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ)को परियोजना स्वीकृत गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालका लागि उक्त रकम बराबरको परियोजना स्वीकृत गरेको हो ।

नेपालको खानेपानीको व्यवस्थित आपूर्तिसँगै सरसफाई कार्यक्रम सुधार र एकीकृत जलस्रोत व्यवस्थापनका लागि उक्त परियोजना स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।

पूर्वाधार र खानेपानी प्रशासनमा सुधार गर्ने उक्त परियोजनाले नेपालको अर्थतन्त्रमा टेवा दिने माल्दीभ्स, नेपाल र श्रीलंकाका लागि देशिय निर्देशक फरिस हदाद जर्भसले बताए । उनले नेपालको सरसफाई र खानेपानी क्षेत्रमा रहेको पूर्वाधार विकासको ग्यापलाई समेत यो परियोजना परिपूर्ति गर्ने बताएका छन् ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका रणनीतिक शहरी नगर तथा गाउँपालिकामा यो कार्यक्रम लागू हुने उनले बताए ।

तपाईको प्रतिक्रिया