नवलपरासी जिल्ला अदालतमा चल्याे गाेली

काठमाडाैँ । नवलपरासी पश्चिमकाे जिल्ला अदालतमा गोली साेमवार गाेली चलेको छ ।

दिउँसो साढे ३ बजेकाे समयमा अदालतमा एकजना व्यक्तिले गाेली चलाएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले बताए ।

गाेली चलाउने व्यक्ति सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया हर्षराम यादव रहेकाे कँडेलले बताए ।

उनी र उनकी काकी रोशनी यादवबिच जग्गा विवाद रहेकाेमा साेही विवादमा छलफल गर्न अदालत बोलाएको बेला हर्षरामले गोली चलाएका हुन् ।

गोली कसैलाई नलागेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया