अन्तिम समयको पेनल्टीले जर्मनीसँग हारबाट जोगियो इंग्ल्यान्ड

काठमाडौं । ह्यारी केनले अन्तिम २ मिनेट बाँकी रहँदा पेनल्टीमा गोल गरेपछि इंग्ल्यान्डले नेसन्स लिगमा जर्मनीसँग १-१ गोलको बराबरी खेल्दै प्रतियोगितामा पहिलो अंक जोडेको छ।​

एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीका लागि जोनास होफमानले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाएका थिए।

पाहुना टोलीलाई दवावमा राखेको जर्मनीले खेलको ५०औं मिनेटमा अग्रता लिएको थियो। जोनास होफमानले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएको थियो।

तर जित उन्मुख जर्मनी अन्तिम २ मिनेट समालिन नसक्दा बराबरीमा चित बुझाउन बाधय भयो। पेनल्टीमा गोल गरेसँगै केनले इंग्ल्यान्डका लागि ५० गोल पुरा गरेका छन्।

उनी इंग्ल्यान्डका लागि ५० गोल पुरा गर्ने दोस्रो खेलाडी समेत बने। यसअघि इंग्ल्यान्डका लागि ५० गोलको कीर्तिमान पुरा गर्ने खेलाडीका रुपमा वायन रुनी रहेका छन्।

खेलमा इंग्ल्यान्डले भिएआरको सहयोगमा पेनाल्टी पाएको थियो।

निको स्लोटरबेकले डिबक्समा केनलाई लडाएपछि इंग्ल्यान्डले पेनल्टी पाएको थियो। उक्त पेनल्टीलाई केनले म्यानुएल नुएरलाई कुनै मौका दिएनन्। यसअघि भएको खेलमा इंग्ल्यान्ड हंगेरीसँग पराजित भएको थियो।

तपाईको प्रतिक्रिया