गुर्भाकोटमा दुर्घटना हुँदा ट्रकमा च्यापिएका दुई जनाको मृत्यु

सुर्खेत । जिल्लाको गुर्भाकोटमा ट्रक दुर्घटना हुँदा च्यापिएका दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान पाँच बजेको समयमा दाङबाट जाजरकोट जाँदै गरेको ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक दुर्घटनामा परेको थियो ।

गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटना हुँदा दुई जना त्यही ट्रकमा च्यापिएका थिए । उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका–१२ का २४ वर्षीय मिलन गुरूङ रहेका छन् ।

भीमबहादुर ट्रकका चालक हुन् ।

याे पनि 

दाङबाट जाजरकोट जाँदै गरेको ट्रक सुर्खेतमा दुर्घटना

तपाईको प्रतिक्रिया