रूकुमपूर्वमा भएको चौंथो ‘गुरिल्ला अल्ट्रा म्याराथन’को उपाधी जुम्लाकी मञ्जुलाई

सुर्खेत । जुम्लाकी मञ्जु रावत रूकुमपूर्वको भूमेमा सम्पन्न चौंथो ‘गुरिल्ला अल्ट्रा म्याराथन’ अन्तर्गत ६२ किलोमिटर प्रतियोगितको विजेता बनेकी छिन ।

शुक्रबार सम्पन्न प्रतियोगितामा रावतले ६२ किलोमिटरको दुरी ६ घण्टा ५६ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै विजेता बन्न सफल भएकी हुन् ।

भूमे गाउँपलिका रुकुम पूर्वमा प्रत्येक वर्ष आयोजना हुने गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता युवा विकास केन्द्रले सञ्चालन गर्दै आएको छ। जसमा भूमे गाउँपालिका रुकुमपूर्वको आर्थिक सहयोग रहेको छ।

तपाईको प्रतिक्रिया